समाचार
संरचनाहरु निर्माण सम्बन्धमा
प्रस्तुत विषय सम्बन्धमा नलगाड नगरपालिकाको मिति २०७५।१०।०३ गतेको नगर कार्यपालिकाको वैठकबाट यस नगरपालिकाको क्षेत्रभित्र कुनै पनि प्रकारका संरचनाहरु निर्माण गर्दा सडकको क्षेत्राधिकार देखि १२ मिटर क्षेत्रभित्र कुनै पनि प्रकारको संरचनाहरु निर्माण नगर्ने निर्णय भएकोले सोही निर्णय बमोजिम यो सार्वजनिक सूचना जारी गरीएको छ । यदि यस सूचना विपरित कसैले कार्य गरीएको पाईएमा प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया अघी बढाईने व्यहोरा समेत जानकारी गराईन्छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    